शुक्रबार, कात्तिक २ गते २०८१

कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह

कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न कीर्तिपूर पुगेका छन्। सभापति देउवासहित उपप्रधानन तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह कीर्तिपुर नगरपालिका परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका हुन्।

    images

    नगरप्रमुख नकर्मीको उपचारको क्रममा गए राति ९ बजे वीर अस्पतालमा निधन भएको थियो। उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए। नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणमा राखिएको छ। नगरपालिकाले आज एक सूचना जारी गरी शोक बिदा समेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ