आइतबार, भदौ २३ गते २०८१

विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    काठमाडौँ । मंगलबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए ।

    ‘दुर्घटनामा परी दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ