शुक्रबार, कात्तिक २ गते २०८१

सौर्य एयरलाइन्सको जहाजमा रहेका १९ जना मध्ये १३ जनाको शव निकालियो

सौर्य एयरलाइन्सको जहाजमा रहेका १९ जना मध्ये १३ जनाको शव निकालियो

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्य एयरलाइन्सको जहाजमा रहेका १९ जना मध्ये १३ जनाको शव निकालियो

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

    images

    पछिल्लो जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालिएको छ ।  प्रत्यक्षदर्शीका अनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ