आइतबार, भदौ २३ गते २०८१

सौर्य एयरलाइन्सको दुर्घटनास्थलमा दुई जनाको शव फेला

सौर्य एयरलाइन्सको दुर्घटनास्थलमा दुई जनाको शव फेला

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्य एयरलाइन्सको दुर्घटनास्थलमा दुई जनाको शव फेला

    काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । 

    images

    काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।  विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ