आइतबार, भदौ २३ गते २०८१

मनसुन पछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी : गृहमन्त्री रमेश

मनसुन पछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी : गृहमन्त्री रमेश

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • मनसुन पछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी : गृहमन्त्री रमेश

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् । 

    images

    मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको बताए । उनले त्यसक्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको बताए । त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए । 

    यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए । त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । 

    प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र  विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए ।  ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको उनले बताए । उनले प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा  मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको बताए । उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ