शुक्रबार, कात्तिक २ गते २०८१

सामाजिक सुरक्षा भत्ता लिनलाई राष्ट्रिय परिचय पत्र अनिवार्य छैन : गृहमन्त्रालय

सामाजिक सुरक्षा भत्ता लिनलाई राष्ट्रिय परिचय पत्र अनिवार्य छैन : गृहमन्त्रालय

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • सामाजिक सुरक्षा भत्ता लिनलाई राष्ट्रिय परिचय पत्र अनिवार्य छैन : गृहमन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जनाएको छ । गृहमन्त्रालयले यसअघि भएको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको प्रष्ट पारेको हो ।

    images

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै तत्काललाई राष्ट्रिय परिचयपत्र नखोज्न सूचना जारी गरेको हो ।

    विभागको पत्रमा यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको उल्लेख छ । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि त्यसको व्यापक आलोचना हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ