शुक्रबार, कात्तिक २ गते २०८१

विद्युत् महसुलबारे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमै  झुट बोल्नुभयो : सांसद दाहाल

विद्युत् महसुलबारे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमै  झुट बोल्नुभयो : सांसद दाहाल

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • विद्युत् महसुलबारे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमै  झुट बोल्नुभयो : सांसद दाहाल

    माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमै झुट बोलेको बताएका छन् ।

    images

    सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए ।

    ‘पहिलो र पछिल्लो अवधिको १४ अर्ब अदालतमा मुद्दा विचाराधीन छ । बाकी ८ अर्ब २६ करोड उठाउन आदेश र निर्णय गरेको छ । तर अटेर गरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको छ’, उनले भने, ‘हिजो रोष्ट्रमबाटै प्रधानमन्त्रीले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्प्रयत्न गर्नुभयो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ