शुक्रबार, कात्तिक २ गते २०८१

‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ : सांसद बराली

‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ : सांसद बराली

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • ‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ : सांसद बराली

    काठमाडौ। नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले शीर्ष राजनीतिक नेतृत्वमा सामन्तवादको अवशेष कायमै रहेको आरोप लगाएका छन् । यही अवशेशका कारण दलितले पाएको अधिकार समेत उपभोग गर्न नपाइरहेको उनको टिप्पणी छ ।

    images

    ‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ सोमबार प्रतिनिधि सभाको शूनय समयमा बोल्दै सांसद बरालीले भने । ‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा छैन’ भन्ने कथन हरेक निकायमा समानुपातिक समावेशिताको अधिकार कार्यान्वयन गर्ने बेलामा पुष्ट हुने गरेको उनले बताए ।

    ‘हालै मन्त्रिपरिषदमा एक जना दलित पनि नहुनुले पनि यसको पुष्टि गर्छ’ उनले भने । यसको प्रमुख कारण ‘शीर्ष नेताहरुमा आफूले थाहा नपाउने गरी गढेर बसेको सामन्तवादको अवशेश’ रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ