प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन्। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत मागेका हुन्।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। अहिले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    