शुक्रबार, मंसिर १४ गते २०८१

कांग्रेसले भन्यो- मान्छे बेच्नेहरू यतैकतै छन्, संसद्लाई कन्सल्टेन्सी बनाइयो

कांग्रेसले भन्यो- मान्छे बेच्नेहरू यतैकतै छन्, संसद्लाई कन्सल्टेन्सी बनाइयो

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • कांग्रेसले भन्यो- मान्छे बेच्नेहरू यतैकतै छन्, संसद्लाई कन्सल्टेन्सी बनाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेता तथा उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको विषयमा छानबिन गर्न कांग्रेसले माग गरेको छ ।

    images

    अहिले जारी प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले संसद्लाई भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद बनाइएको आरोप लगाए ।

    सांसद खतिवडाले भने, ‘‘संसदमा कुनै साइनो नभएको मान्छे मानव तस्करको सम्पर्कमा पुगेर उपसभामुखबाट भिसा सिफारिस भएको छ । उपभामुखकै विदेश भ्रमणको निम्तो आएपनि सभामुखले अनुमति दिनुपर्छ । तर, संसद्ले नचिनेको मान्छ कसले किन र के प्रयोजनाको लागि भिसा सिफारिस गरियो ? भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद नबनाइयो । यस घटनामा छानबिन गर्नुपर्छ । मान्छे बेच्नेहरू यतैकतै छन् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार