सोमबार, मंसिर १० गते २०८१

न्यूरोडमा जलाइयो बालेन शाहको पुत्ला

न्यूरोडमा जलाइयो बालेन शाहको पुत्ला

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • न्यूरोडमा जलाइयो बालेन शाहको पुत्ला

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् । 

    images

    महानगरले रातको समयमा सडक खन्न सक्ने भन्दै उनीहरुले सडकमै सुत्ने तयारी गरेका हुन् । प्रदर्शनकारीहरुले वडा नम्बर २३ को जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका छन् । 

    उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले बुधवारदेखि का शुरु गरेको छ । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा प्रदर्शन भैरहेको छ । 

    विरोध प्रदर्शनमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो । सो क्रममा स्थानीयहरु महानगरको डोजरमाथि चढेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार