आइतबार, भदौ २३ गते २०८१

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा कप्तान रोहित पौडेल

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा कप्तान रोहित पौडेल

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा कप्तान रोहित पौडेल

    काठमाडौं । नेपालको शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान श्री रोहित पौडेलसँग ब्रान्ड एम्बेसडर साझेदारीको घोषणा गरेको छ ।

    images

    यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच बृद्धि गर्नका लागि गरिएको हो । खासगरी अन्तारष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा गरिएको छ ।

    नेपाली क्रिकेटको वृत्तिविकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान रोहित नेपाली युवाहरुका रोल मोडल समेत हुन् । युवाहरुमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्षको कार्यलाई गुणबत्ता र विश्वसनिय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास रहेको छ ।

    खासगरी द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना, कार्यक्रम र लक्ष्यहरुको प्राप्तीका लागि रोहितसँगको सहकार्य थप सुखद् र प्रभावकारी हुनेछ ।

    ब्रान्ड एम्बेसड घोषण कार्यक्रममा बोल्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले ‘द नेक्स्ट एजुकेशनले सदैव टिम वर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने’ बताए । भण्डारीका अनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँगको सहकार्यले नेपाली विद्यार्थीहरुले शैक्षिक परामर्षका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुनेछन् ।

    त्यसैगरी नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडलले ‘नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानीत भएको’ बताए । यनले ‘जुन कम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ, त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुशीको विषय हो’ बताए ।

    नेक्स्ट एजुकेशन कन्सल्टेन्सी नेपालमा सञ्चालित एक अग्रणी शैक्षिक सेवा प्रदायक संस्था हो । बीस बर्ष देखि शैक्षिक परामर्षको क्षेत्रमा कार्य गर्दै आईरहेको द नेक्स्टले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी सलगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ