सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी भएको छ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ। सोही प्रयोजनका लागि गृहकार्यस्वरूप सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन्। उनकाअनुसार संसदीय सुनुवाइ समितिमा सभापति चयन हुन सकेको छैन। सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा सभापति चयनलगायत कुरा अघि बढाउनुपर्ने पनि बताएका थिए।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    