सोमबार, मंसिर १० गते २०८१

१७ दिनदेखि  कृषि मन्त्रालयमा धर्ना बसेका कर्मचारीको आन्दोलन स्थगित

१७ दिनदेखि  कृषि मन्त्रालयमा धर्ना बसेका कर्मचारीको आन्दोलन स्थगित

अखबार दैनिक
बुधबार, साउन २ २०८१
  • १७ दिनदेखि  कृषि मन्त्रालयमा धर्ना बसेका कर्मचारीको आन्दोलन स्थगित

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ ।  १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।

    images

    कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार