शुक्रबार, मंसिर १४ गते २०८१

नयाँ कृषिमन्त्री मन्त्रालय पुग्नुअघि कर्मचारीको धर्ना

नयाँ कृषिमन्त्री मन्त्रालय पुग्नुअघि कर्मचारीको धर्ना

अखबार दैनिक
सोमबार, असार ३२ २०८१
  • नयाँ कृषिमन्त्री मन्त्रालय पुग्नुअघि कर्मचारीको धर्ना

    काठमाडौं । सपथ ग्रहणपछि नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मन्त्रालय प्रवेश गर्नुअघि कर्मचारीहरुले धर्ना दिएका छन् ।

    images

    कृषि मन्त्रालयअन्तर्गत रहेका प्राविधिक कर्मचारीहरुको वृत्तिविकास माग गर्दै कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका हुन् । नयाँ मन्त्रीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै धर्ना कार्यक्रम स्थगित हुने कर्मचारीको भनाइ छ ।

    कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार समायोजन गर्दा प्राथमिकता तय नभएको, विभिन्न दरवन्दीमा रिक्त हुँदा पनि पदपूर्ति नभएको कर्मचारीको गुनासो छ ।

    संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत पुल दरबन्दीमा रहेका ३२८ जना कर्मचारीसमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने उनीहरुको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार