आइतबार, भदौ २३ गते २०८१

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

बुधबार, असार २७ २०८१
  • बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

    सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।

    images

    कार्यालय जाने क्रममा खोलाको बिच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो । 

    लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरू बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।  

    यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, सुन्दरपुर, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत ठप्प हुने गरेको छ । रु २६ करोड लागतमा दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी पुलको ठेक्का सम्झौता भए पनि काम सुरु हुन नसकेको वडा नं २४ का वडाअध्यक्ष रासलास रायले बताए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ