बिहीबार , मंसिर ६ गते २०८१

राजनीतिक नेतृत्व फेरिए पनि हाम्रा नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

राजनीतिक नेतृत्व फेरिए पनि हाम्रा नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

अखबार दैनिक
शुक्रबार, असार २२ २०८१
  • राजनीतिक नेतृत्व फेरिए पनि हाम्रा नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् ।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताएका हुन् ।

    images

    चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए । यो नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

    धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि आर्थिक वर्ष २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको जानकारी गराउँदै उनले नीतिगत स्थायीत्वमा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, तर हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ,’ उनले भने ।

    नेपालले पर्यटन र जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको भन्दै अर्थमन्त्री पुनले अब आइटी क्षेत्रमा पनि विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए । अन्य सबै क्षेत्रमा सिथिल भएको अवस्थामा पनि पर्यटनमा २१ प्रतिशत र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ