काठमाडौँ । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको हो ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् । ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुन : फाइल खोलेको थियो ।