आइतबार, भदौ २३ गते २०८१

स्वरुपाको नयाँ गीत 'मनमा तिम्रो' सार्वजनिक

स्वरुपाको नयाँ गीत 'मनमा तिम्रो' सार्वजनिक

अखबार दैनिक
शुक्रबार, असार १५ २०८१
  • स्वरुपाको नयाँ गीत 'मनमा तिम्रो' सार्वजनिक

    काठमाडौँ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत 'मनमा तिम्रो' सार्वजनिक गरिएको छ ।प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् । स्वरुपाकै  शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

    images

    मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ । भिडियोमा गायिका स्वरूपा र विकाश लामिछानेको अभिनय छ । भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् । सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र  विकाश दाहालको सम्पादन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ