शुक्रबार, मंसिर ७ गते २०८१

काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लुकाएर राखेको सुनसहित चिनियाँलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो । 

    images

    पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् । काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।

    क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ