सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ। विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो ।
महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो। यो संख्या अझै बढ्ने उनको भनाइ छ। आइतबारदेखि महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ।