शनिबार, साउन १२ गते २०८१

शिक्षा मन्त्रीलाई काम गर्न दिउँ : अमरेशकुमार

शिक्षा मन्त्रीलाई काम गर्न दिउँ : अमरेशकुमार

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८१
  • शिक्षा मन्त्रीलाई काम गर्न दिउँ : अमरेशकुमार

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । आफूहरू साथमा रहेको भन्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे ।

    images

    ‘म कताकता सुन्छु, शिक्षा मन्त्रीलाई काम गर्न दिइएको छैन । शिक्षा मन्त्रीजीलाई सार्वजनिक रूपमा भन्न चाहन्छु– हामी तपाईंको साथमा छौं,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

    आफूले कुनै दल र नेता नचिन्ने पनि सिंहले बताए । ‘हामी कुन दल र नेतालाई चिन्दैनौं । हामी देश र जनतालाई चिन्छौं । देश र जनताको स्तर अनुसार शिक्षाको गुणस्तर अगाडि बढ्नुपर्छ । शिक्षामा कुनै किसिमको राजनीतिकरण हुनुहुँदैन,’ उनले भने ।

    विद्यालय व्यवस्थापन समिति, शिक्षकहरूको ट्रेड युनियन र विद्यार्थी संगठनसमेत आवश्यक नरहेको उनले बताए ।

    ‘कुनै किसिमको व्यवस्थापन समिति चाहिँदैन । व्यवस्थापन समिति दलको संगठन निर्माण गर्ने थलो बनेको छ,’ उनी थप्छन्, ‘कुनै किसिमको ट्रेड युनियन चाहिँदैन । चाहे शिक्षकको होस् वा विद्यार्थीको युनियन होस् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ