आइतबार, मंसिर ९ गते २०८१

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

अखबार दैनिक
सोमबार, जेठ २८ २०८१
  • तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

    काठमाडौँ । तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । ब्युरोका एसपी होबिन्द्र बोगटीले बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । 

    images

    यसअघि पनि १५ फागुनमा धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए । बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहितलाई पक्राउ गरिएकामा उनीहरू हाजिर जमानीमा छुटेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार