काठमाडौं । विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो ।
आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए ।