मंगलबार, कात्तिक २० गते २०८२

काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ

अखबार दैनिक
आइतबार, जेठ २७ २०८१
  • काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ

    काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। काठमाडौंमा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।

    कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५  लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

    उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ