सोमबार, मंसिर १० गते २०८१

झोलुंगे पुलमा फसेका १३ मध्ये ८ खच्चडको उद्धार , दुई वटा खच्चड मरेका छन्

झोलुंगे पुलमा फसेका १३ मध्ये ८ खच्चडको उद्धार , दुई वटा खच्चड मरेका छन्

अखबार दैनिक
आइतबार, जेठ २७ २०८१
  • झोलुंगे पुलमा फसेका १३ मध्ये ८ खच्चडको उद्धार , दुई वटा खच्चड मरेका छन्

    उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए। उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो । ८ वटा खच्चडको उद्धार गरिएको उनले बताए।

    images

    आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्।
    आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार आउँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार