काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट सन्तुलित आएको बताएका छन् । यसको सही ढंगले कार्यान्वयन गर्नेतर्फ ध्यान दिन उनको आग्रह छ ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘बजेट कार्यान्वयनमा अर्थमन्त्रीजीको ध्यान पुगोस् ।’ यसका लागि समयमै टेन्डर लगायतका प्रक्रिया सुधार्न पनि उनले अर्थमन्त्री बर्षमान पुनलाई आग्रह गरे ।