सोमबार, मंसिर १० गते २०८१

सडक विभागले गरेको पीच रोक्ने न्यूरोड पुगेको महानगर प्रहरी फर्कियो

सडक विभागले गरेको पीच रोक्ने न्यूरोड पुगेको महानगर प्रहरी फर्कियो

अखबार दैनिक
सोमबार, जेठ २१ २०८१
  • सडक विभागले गरेको पीच रोक्ने न्यूरोड पुगेको महानगर प्रहरी फर्कियो

    जेठ २१ काठमाडौं । सडक विभागले गरेको पीच रोक्ने न्यूरोड पुगेको महानगर प्रहरी फर्किएका छन् । केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुर्न थालेको हो ।

    images

    सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगरप्रहरी पठाएका थिए । नगरप्रहरी र सडक विभागबीच विवाद भएपछी नेपाल प्रहरी  न्यूरोड पुगेको थियो । प्रहरीको प्रवेशपछि नगरप्रहरीहरू फर्किएका हुन्। 

    सडक विभागका कर्मचारीले पिचको काम जारी राखेको छ ।  यस अघि स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार