सोमबार, मंसिर १० गते २०८१

काठमाडौं महानगरले काटेको न्यूरोड, सडक डिभिजनले टाल्यो

काठमाडौं महानगरले काटेको न्यूरोड, सडक डिभिजनले टाल्यो

अखबार दैनिक
सोमबार, जेठ २१ २०८१
  • काठमाडौं महानगरले काटेको न्यूरोड, सडक डिभिजनले टाल्यो

    फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरपालिकाले काटेको न्यूरोड सडक डिभिजन कार्यालयले टालेको छ।  सोमबार बिहानै सडक डिभिजन कार्यालयले न्यूरोडमा काटिएको सडकको भाग टालेको हो। 
    सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी  प्रमोद खतिवडाले काटेको सडक टालिदिन महानगरलाई पत्र काटेको भएपनि बेवास्ता गरेपछि आफैले टालेको बताए। 

    images

    'काटेको सडक टाल्नका लागि पत्र पठाएपछि महानगरपालिका सम्बद्ध व्यक्तिहरू अनौपचारिक छलफलमा आउनुभएको थियो। उहाँहरूले  अरू कुरामा समन्वय गरेर जाने तर फुटपाथ विस्तारका लागि न्यूरोडमा काटिसकेको सडक टाल्न सक्दैनौं भने।   पहिले त्यहाँ काटिएको सडकका कारण मानिसहरूले सास्ती खेप्न नपरोस् भनेर सडक टाल्ने काम अघि बढेको छ । महानगरले काटेको सडक आजै टालेर भ्याइने । 

    सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरप्रमुख बालेन शाहले उक्त कदमको सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार