शुक्रबार, कात्तिक २३ गते २०८१

डेढ अर्ब ठगीको आरोप लागेका सीबी लामा भन्छन् : ‘राम्रोसँग फोटो खिच्नुहोस्’

डेढ अर्ब ठगीको आरोप लागेका सीबी लामा भन्छन् : ‘राम्रोसँग फोटो खिच्नुहोस्’

अखबार दैनिक
आइतबार, जेठ २० २०८१
  • डेढ अर्ब ठगीको आरोप लागेका सीबी लामा भन्छन् : ‘राम्रोसँग फोटो खिच्नुहोस्’

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिनअघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

    images

    कान्तिपुर सहकारीका पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए ।

    उनले भने- ‘मास्क खोलि दिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नु पर्यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ, तपाईहरुले सत्य-तथ्य समाचार सम्प्रेषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

    कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार