शनिबार, साउन १२ गते २०८१

बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक

बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक

अखबार दैनिक
आइतबार, जेठ २० २०८१
  • बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक

    काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी  हो । त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

    images

    अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । ‘बहुरानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ