बुधबार, कात्तिक २१ गते २०८२

पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध

पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध

अखबार दैनिक
आइतबार, जेठ २० २०८१
  • पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरूद्ध भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    शनिबार राति ७ बजे पहिरो खसेर अवरूद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    रासस 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ