सोमबार, मंसिर १० गते २०८१

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८१
  • सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक र व्यवस्थापकलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने बताउँदै सेवाग्राहीसँग शुल्क नलिन भनेको हो ।

    images

    ‘महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।

    महानगरले तोकिएको समयावधिपश्चात् सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्ने बताएको छ । सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

    notice.jpg

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार