सोमबार, मंसिर १० गते २०८१

धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

    धनगढी । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ । माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

    images

    कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार