सोमबार, मंसिर १० गते २०८१

श्रमाधान रोजगार मेला आजदेखि सुरु

श्रमाधान रोजगार मेला आजदेखि सुरु

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • श्रमाधान रोजगार मेला आजदेखि सुरु

    जेष्ठ १७ काठमाडौं । युवालाई रोजगारीको वातावरण निर्माण गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । 

    images

    रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गरेर लैजाने गरी मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । सात वटै प्रदेशमा आयोजना गरिने मेला आज कोशी प्रदेशको विराटनगरबाट सुरु हुदैछ । 

    विराटनगरमा आज र भोलि, मधेस प्रदेशको जनकपुरमा पर्सि शनिबार र आइतबार, गण्डकी प्रदेशको पोखरामा सोमबार र मंगलबार, लुम्बिनी प्रदेशको बुटवलमा आगामी बुधबार र बिहीबार श्रमाधान रोजगार मेला आयोजना हुनेछ । 

    यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा यही जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा यही जेठ २९ र ३० गते मेला आयोजना मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले बताउनुभयो । 

    कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थलका रुपमा रोजगार मेलालाई लिइएको उहाँको भनाई छ । 

    सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतको सहकार्यमा मेला आयोजना गरिएको हो । 

     त्यस्तै, श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशील प्रसाद आचार्यले मेलाले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यका लागि मद्दत पुग्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार