शुक्रबार, मंसिर ७ गते २०८१

‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन’ : अर्थमन्त्री पुन

‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन’ : अर्थमन्त्री पुन

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन’ : अर्थमन्त्री पुन

    १७ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको उनले बताए ।

    images

    उनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन,’ मन्त्री पुनले भने । करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए । आत्मनिर्भर अर्थतन्त्र राष्ट्र निर्माणका लागि त्यो जरुरी भएको भन्दै उनले केही असन्तुष्टि भए पनि त्यसलाई मान्नैपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ