सोमबार, मंसिर १० गते २०८१

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

अखबार दैनिक
बुधबार, जेठ १६ २०८१
  • असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

    काठमाडौं । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    images

    उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ । पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार