शनिबार, साउन १२ गते २०८१

प्रहरी नियन्त्रणमा रहेका सिरोहियाको सीसीयूमा राखेर उपचार

प्रहरी नियन्त्रणमा रहेका सिरोहियाको सीसीयूमा राखेर उपचार

अखबार दैनिक
बुधबार, जेठ १६ २०८१
  • प्रहरी नियन्त्रणमा रहेका सिरोहियाको सीसीयूमा राखेर उपचार

    काठमाडौं । थप उपचारका लागि जनकपुरधाम बाट काठमाडौँ ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई सीसीयूमा भर्ना गरिएको छ ।

    images

    ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उनको उपचार सुरु गरिएको हो ।नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि बिरामी भएका थिए ।

    जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत हिजो दिउँसो काठमाडौँ ल्याइएको हो । सिरोहियाविरुद्ध सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गरिएको थियो । तेस्रो पटक थपिएको म्याद पनि आज सकिदै छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ