शुक्रबार, मंसिर ७ गते २०८१

आज दिउँसो १ बजे संघीय संसदबाट बजेट प्रस्तुत हुँदै

आज दिउँसो १ बजे संघीय संसदबाट बजेट प्रस्तुत हुँदै

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • आज दिउँसो १ बजे संघीय संसदबाट बजेट प्रस्तुत हुँदै

    जेठ १५ काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । मंगलबार बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

    images

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार दिउँसो १ बजे बस्ने दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्ने सहमति जुटे सँगै संसदबाट नै  बिना अवरोध बजेट पेश हुन लागेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार