सोमबार, मंसिर १० गते २०८१

पर्यटकमाथि निगरानी बढाउँदै दुबई

पर्यटकमाथि निगरानी बढाउँदै दुबई

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • पर्यटकमाथि निगरानी बढाउँदै दुबई

    एजेन्सी । संयुक्त अरब इमिरेट्सले पयर्टकहरूमाथि निगरानी बढाउने भएको छ । पर्यटक भिसाको दुरुपयोग रोक्न दुबई र आबु धाबीले विमानस्थलमा पर्यटकमाथि चेकजाँच कसिलो पारेका हुन् । 

    images

    त्यता घुम्न जाने पर्यटकहरूको बैंक खाता वा क्रेडिट कार्डमा कम्तीमा ९६ हजार नेपाली रुपैयाँ भएको प्रमाण वा फर्किने टिकट हुनु पर्नेछ । पर्यटक भिसाको दुरुपयोग रोक्न यस्तो कदम चालिएको बताइएको छ । 

    पर्यटक भिसामा जाने यात्रीहरूसँग पर्याप्त पैसा नहुने वा फर्किन टिकट नहुँदा जर्बजस्ती स्वदेश फिर्ता गराउनु पर्ने घटनाहरू देखिन थालेपछि निगरानी बढाइएको हो । आफ्नो खर्चमा यात्रीहरूलाई स्वदेश फिर्ता गर्नुपर्ने स्थिति टार्न एकल यात्रीहरू विशेषगरी २० देखि ३५ वर्षका महिलाहरूले यी नियमको पालना गरेका छन् भन्ने विमान सेवा प्रदायकहरूले प्रमाणित गर्नु पर्ने बताइएको छ । 

    यात्रीहरूले पर्याप्त पैसा नबोक्ने वा बसोबासको ठेगान नहुने र ९६ घण्टाको ट्रान्जिटभन्दा बढी समय बस्ने प्रवृत्ति देखिएपछि यूएईले पर्यटक भिसामा कडाइ सुरु गरेको छ । कम बजेटका विमान सेवाबाट जाने यात्रीहरूको चेक इन टाइम बढेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार