शुक्रबार, मंसिर १४ गते २०८१

सदन अवरोधबीचमा मैले जवाफ दिँदा अप्ठ्यारो भएको छ : प्रधानमन्त्री

सदन अवरोधबीचमा मैले जवाफ दिँदा अप्ठ्यारो भएको छ : प्रधानमन्त्री

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • सदन अवरोधबीचमा मैले जवाफ दिँदा अप्ठ्यारो भएको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् ।

    images

    आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्‍मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको बताएका छन् । आजै पनि आफूले संसद्‍मा जारी रहेको अवरोध हटाउन संवाद गरेको पनि दाहालले बताएका छन् ।

    उनले भने, ‘सदन अवरोधबीचमा मैले जवाफ दिँदा अप्ठ्यारो भएको छ । गतिरोध अन्त्यको पहलसहति छलफल गरिरहेको छु । कांग्रेस सभापतिको घरमा पुगेर मैले आजै संवाद गरेको छु । हामी छलफलबाट निष्कर्षनजिक पुगेका छौँ । सहमति जुट्छ । बजेट आउनेबेलासम्म सहमति भइसक्छ । आज बेलुका वा भोलिसम्म सहमति हुन सक्छ । मैले निरन्तर पहल गरिरहेको छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार