शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ : ज्ञानबहादुर शाही

प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ : ज्ञानबहादुर शाही

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ : ज्ञानबहादुर शाही

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि व्यंग्य कसेका छन् ।

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखले दिएको समयमा बोल्दै शाहीले हिजोका दिनमा गृहमन्त्री रवि लामिछानेले विवादित नाम आउँदा छानबिनका लागि गृहमन्त्रीको मुटु छ कि छैन भन्दै प्रश्न गरेको स्मरण गराए । उनले गरिब जनताले बचत गरेको सहकारीको रकम अपचलन गरेको बताउँदै छानबिन गर्न दिन गृहमन्त्रीलाई आग्रह गरे । 

    संसद संसद जस्तो नभएको बचाउँदै  सत्ता तर्फको कुर्सीमा बस्दा र विपक्षीको कुर्सीमा बस्दा चरित्र फरक हुने गरेको बताए । 

    उनले रसियामा अलपत्र परेका व्यक्तिहरूको उद्धार हुन नसकेको बताए । सांसद शाहीले सहरकारीको विषयमा छानबिन समिति बनाउन गृहमन्त्रीलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार