सोमबार, मंसिर १० गते २०८१

धनुषा प्रहरीले सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

धनुषा प्रहरीले सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८१
  • धनुषा प्रहरीले सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

    ११ जेठ, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    images

    जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ । नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा ल्याएको थियो । अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यलयसँग छलफल गरी म्याद थपको लागि अदालतलाई सिफारिस गर्ने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार