सोमबार, मंसिर १० गते २०८१

दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

    चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

    images

    शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । दश वर्षको सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो । चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार