मंगलबार, कात्तिक ६ गते २०८१

‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

    जेष्ठ ६ काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

    images

    सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको बिग्रेको सम्बन्धलाई देखाइएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द छ भने संगीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ । यसमा अभिनेता कबीर खड्काको पनि अभिनय रहेको छ ।

    घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । भेद परवको छायांकन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन् । लेखक भने प्रदीप भारद्वाज हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ