शुक्रबार, कात्तिक ३० गते २०८१

सन्दीपको मुद्दामा सुनवाइ सुचारु

सन्दीपको मुद्दामा सुनवाइ सुचारु

अखबार दैनिक
बुधबार, जेठ २ २०८१
  • सन्दीपको मुद्दामा सुनवाइ सुचारु

    जेठ २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजको सुनवाइ प्रारम्भ भएको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो ।

    images

    आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।

    अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ । यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार