शुक्रबार, कात्तिक ३० गते २०८१

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

मंगलबार, जेठ १ २०८१
  • रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

    १ जेठ, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाइका छन् । पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा थिए । रासस व्यवस्थापनले आज मंगलबारदेखि लागू हुने गरी उनीहरूको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ ।

    images

    उनीहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गरे ।

    राससको दसौं तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गरेका थिए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार