शुक्रबार, कात्तिक ३० गते २०८१

कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरे बालेन

कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरे बालेन

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरे बालेन

    जेठ १ काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा बालेन फेस्टिभलमा  मंगलबार बिहान २ : १५ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    images

    बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् । उनीहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए । 

    कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

    प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुने छन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार