सोमबार, मंसिर १० गते २०८१

लगाएको लुगा भित्र लेपन गरिएको ५ किलो सुनसहित दुई भारतीय विमानस्थलबाट पक्राउ

लगाएको लुगा भित्र लेपन गरिएको ५ किलो सुनसहित दुई भारतीय विमानस्थलबाट पक्राउ

अखबार दैनिक
सोमबार, वैशाख ३१ २०८१
  • लगाएको लुगा भित्र लेपन गरिएको ५ किलो सुनसहित दुई भारतीय विमानस्थलबाट पक्राउ

    काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन सुनसहित पक्राउ परेका हुन् ।

    images

    लगाएको कपडामा सुनको लेप लगाएर उनीहरु काठमाडौं ओर्लिएका थिए । चेक जाँच गर्ने क्रममा उनीहरुले लगाएको लुगामा लेपन गरिएको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा ले बताए ।


    सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ । सुरेशकुमारले लगाएको टिसर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार