शुक्रबार, कात्तिक ३० गते २०८१

रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू

रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू

अखबार दैनिक
आइतबार, वैशाख ३० २०८१
  • रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू

    बैशाख ३० काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू भएको छ। पुलचोकमा निर्माण गरिएको रथ हिजो बाजागाजासहित गःबहाल पुर्‍याइएको थियो । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।

    images

    रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।

    रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र  विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार